सोमबार, जेठ २५, २०८३

नापीमा पहिले राम्रो काम गरेका जोशी फेरि महानिर्देशक बनाइए

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- नापी विभागको महानिर्देशकमा प्रकाश जोशी सरुवा भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले जोशीलाई विभागमा तानेकी हुन्।

National life

भूमि व्यवस्था मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका सहसचिव जोशी परिपक्व र योग्य प्रशासकमध्येमा पर्छन्।

उनकै पालामा नेपालको चुच्चे नक्सा जारी भएको थियो। सगरमाथाको उचाइ नाप्ने कामसमेत उनकै नेतृत्वमा भएको थियो।

जग्गाको किसिम छुट्ट्याएर कित्ताकाट गर्ने नीति पनि उनकै कार्यकालमा तयार गरिएको थियो। जोशीलाई तत्कालीन मन्त्री पदमा कुमारी अर्यालले नापी विभागको महानिर्देशकमा नियुक्ति गरेकी थिइन्।

 

Shivam cement

प्रकाशित: Sep 05, 2023| 19:16 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्