सोमबार, जेठ २५, २०८३

सबथोक छ खड्गबहादुरसँग, तर किन छैन 'सुख्ख'

ज्योतिषीले ११० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन्, 'मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजाँदैन।'
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

गलेश्वर (म्याग्दी)- उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी नगरपालिका-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ। हँसिलो मुहार छ। लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ। त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ। राणा शासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै टाढै बस्यो।

National life

बगरफाँटमा भाइको गोठमा चौरासी वर्षीया श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा भत्ता र केही मनकारीले दिने सहयोगले धानिरहेको छ। छोराछोरी, नातीनातीना र पतानी पुस्तासँग खेल्दै रमाउने उमेरमा उनीहरुको साथमा कोही छैन। बुढेसकालको सहारा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्षअघि नै परलोक भइसकेका छन्। बोल्न नसक्ने एकमात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँदिनन्।

शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाहीँ बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्कीले सुनाए। 'जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, भाइको गोठमा बसिरहनुभएको छ। बिरामी हुँदा अलिक बढी समस्या हुन्छ', उनले भने, 'तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ।'

लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ। त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ।

बिरामी भएकै कारण ठूलो उपचार भने गर्नुपरेको छैन। दम्पतीको दैनिकी सामान्य व्यक्तिजस्तै गरी बित्छ। आगो बाल्न दाउरा र झिँजा बटुल्नैपर्‍यो, बाँच्नका लागि खाना खानैपर्‍यो। सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनीहरु खुसी छन्। बिहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो।

Shivam cement

त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उनको काम हो। दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हँसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणि शर्माले बताए। जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन। अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ।

'लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन', थापाले भने, 'सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन्।' ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन्, 'मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजाँदैन।'

थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका संघसंस्था' व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ। कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वाभावका थापाको दीर्घजीवन र आरोग्यताको कामना गर्छन् गाउँले। - रासस

प्रकाशित: Sep 05, 2023| 23:02 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्