सोमबार, जेठ २५, २०८३

साढे १३ करोडमा चिया अनुसन्धान केन्द्र

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

फिक्कल- इलामको सूर्योदय नगरपालिका-७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ। कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो।

National life

विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र १३ करोड ६५ लाख रूपैयाँको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो।

पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो। सडक कालोपत्रसहितको काम बाँकी रहेको छ। सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए। उनले भने, 'बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ।'

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभइ देशकै लागि गौरवको विषय भएको बताए। उक्त स्थानमा चिया संग्रहालय, चिया परीक्षण, चिया बिक्री कक्ष, सभाहललगायत संरचना रहेका छन्। 

'चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्न आउनेका लागि ठाउँ तयार भएको छ', नगरप्रमुख राईले भने। केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने उनले बताए।

Shivam cement

अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ। सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ। कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयका अधिकांश नागरिक चिया खेतीमा आबद्ध छन्। रासस

प्रकाशित: Sep 05, 2023| 22:28 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्