मंगलबार, फागुन २६, २०८२

दोधारा चाँदनीमा बिरामीको सेवा गर्दै डा. केसी

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

दोधारा चाँदनी- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन्।

National life

कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन्। महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरुको भीड लागेको छ।

दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवं नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिए। हाडजोर्नीका बिरामीलाई जाँच गरिरहेका डा केसीलाई अस्पतालका अन्य चिकित्सकहरुले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ।

बस्नेतले भने, “डा केसी आएको खबरले स्वास्थ्य जाँचका लागि आउनेहरुको सङ्ख्या निकै बढेको छ।” आउनुअघि अस्पतालसित समन्वय भएको जनाउँदै बस्नेतले अस्पतालको आग्रहले उहाँ सेवा दिन दोधारा चाँँदनी पुगेको बताए।

“डा केसी बिहान ८ देखि बेलुकी ६ बजेसम्म बिरामीको सेवामा खटिनुभयो”, उनले भने, “यहाँको स्वास्थ्य सेवाका सवालमा राज्यले ध्यान दिनुपर्ने विषयमा समेत चासो राख्नुभयो।” औषधीसमेत बोकेर दोधारा चाँदनी पुगेका डा केसीलाई अस्पतालले समेत आवश्यक सहयोग र समन्वय गरिहेको छ।

Laxmi sunrise bank
kumari

“हामीसित भएको निःशुल्क औषधी पनि जाँचपछि दिइरहेका छौँ”, बस्नेतले भने, “पछिल्लो समय यो अस्पतालको स्तरोन्नति भएपछि सामान्य शल्यक्रियासमेत यहाँ हुन थालेका छन्।”

दोधारा चाँदनी झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको सो क्षेत्रमा चार लेनको पक्की पुल बन्नाका साथै सुक्खा बन्दरगाहको प्रस्ताव अघि बढेर भौतिक क्षेत्रको विकास भए पनि स्वास्थ्य सेवाका लागि दोधारा चाँदनीवासीले अझै भारतीय बजार धाउनुपर्ने बाध्यता छ।

प्रकाशित: Sep 05, 2023| 22:02 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्