मंगलबार, फागुन २६, २०८२

हुम्लाको एकमात्र बहुमुखी क्याम्पस, जहाँ टर्च बालेर पढाउनुपर्छ

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ। 

National life

विद्युत् जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अवस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए। हिल्दुम विद्युत् वितरण केन्द्रले लोड सेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ थियो। 

बिहान ६ बजेदेखि  पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको छ।

प्राध्यापक शर्माले भने, ‘यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ। आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र  विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ। क्याम्पसमा चार वटा कक्षा यसरी नै चल्दै आएका छन्।’

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न गर्न नसकिएको क्याम्पस प्रमुख प्रमुख दीपक भण्डारीको भनाइ थियो। उक्त वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताए। उक्त क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ। 

Laxmi sunrise bank
kumari

स्ववियुको निर्वाचन पछि उक्त क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अँध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे। शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको उनको भनाइ थियो। 

प्रकाशित: Sep 05, 2023| 21:41 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्