सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अख्तियारद्वारा घुस लिने पालिका अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा घुस लिने पालिका अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

अख्तियारले तीनै जनालाई ५ लाख बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

National life

सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत ३१ साउनमा  उनलाई पक्राउ गरेको थियो। 

आयोगको टोलीले यादवसँग थप ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो। सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ।

तीनै जनालाई ५ लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

प्रकाशित: Sep 05, 2023| 17:20 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्