सोमबार, जेठ २५, २०८३

६० किलो सुन प्रकरण : सीमा क्षेत्रबाट एक जना पक्राउ

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ। 

National life

रुपन्देही घर भइ हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौं ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए। यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन। उनका बारेमा सूचना संकलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए।

सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन्। उनीहरुले अहिले पनि तस्करीका सूचना संकलन जारी राखेको प्रहरील जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला काठमाडौंको सिनामंगलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो। ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ।

Shivam cement

प्रकाशित: Sep 05, 2023| 16:31 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्