सोमबार, जेठ २५, २०८३

पेप्सीकोला दुर्घटना: लेन क्रस गर्ने मोटरसाइकल चालक पक्राउ

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं- आइतबार पेप्सीकोलामा भएको सवारी दुर्घटनामा दुईवटा मोटरसाइकलका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ छन्।

National life

मोटरसाइकलले बस अगाडिबाटै लेन क्रस गरेपछि बचाउन खोज्दा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको जिप, बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

सवारी दुर्घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। फुटेजमा बस अगाडिबाट एक मोटरसाइकलले लेन क्रस गरेको देखिन्छ। अचानक मोटरसाइकल अगाडि आएपछि बसले बचाउन खोज्दा तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो। घटनामा २ जनाको मृत्यु भएकोमा ७ जना घाइते भएका थिए।

हेर्नुस् भिडियो

 

 

Shivam cement

प्रकाशित: Sep 05, 2023| 15:37 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्