काठमाडौं- आइतबार पेप्सीकोलामा भएको सवारी दुर्घटनामा दुईवटा मोटरसाइकलका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ छन्।
मोटरसाइकलले बस अगाडिबाटै लेन क्रस गरेपछि बचाउन खोज्दा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको जिप, बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
सवारी दुर्घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। फुटेजमा बस अगाडिबाट एक मोटरसाइकलले लेन क्रस गरेको देखिन्छ। अचानक मोटरसाइकल अगाडि आएपछि बसले बचाउन खोज्दा तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो। घटनामा २ जनाको मृत्यु भएकोमा ७ जना घाइते भएका थिए।
हेर्नुस् भिडियो