आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सञ्जालले भ्रम छरेकोमा काउन्सिल अध्यक्ष बस्नेतको चिन्ता, मिडियालाई सजग हुन आग्रह

सामाजिक सञ्जालले भ्रम छरेकोमा काउन्सिल अध्यक्ष बस्नेतको चिन्ता, मिडियालाई सजग हुन आग्रह

 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चारमाध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चारमाध्यमलाई सुझाव दिएका छन्।  सामाजिक सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएकोतर्फ सञ्चारमाध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनको भनाइ थियो।

सोमबार विभिन्न सञ्चारमाध्यमका सञ्चालक र सम्पादकहरुसँगको अन्तरक्रियामा उनले भने, 'कोही पनि भ्रममा नपरौं- सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन्। तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन्। सञ्चारमाध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ।'

नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक र प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा उनले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिए।

अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरूमा केन्द्रित रही जानकारी दिइएको थियो। डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चारमाध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयमा काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पाराईले प्रकाश पारेका थिए। कार्यक्रममा ३२ वटा सञ्चारमाध्यमका सञ्चालक र सम्पादकको सहभागिता थियो।

प्रकाशित: Sep 05, 2023| 13:14 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्