सोमबार, जेठ २५, २०८३

नगरपालिकाद्वारा विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

इनरुवा- सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न  समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ। सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८०  परिवार बस्नेछन्। 

National life

दुहबी नगरपालिकाका प्रमुख देवनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका  आवासीय घर सोमबार हस्तान्तरण गरिएको बताए। उनका अनुसार साढे चार धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएका छन्। आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ।

घर हस्तान्तरणका लागि नगरपालिकामा परेको दुई सय बढी आवेदनबाट छनोट भएका ८० घरपरिवारलाई मात्र घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाँडै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको नगरप्रमुख गच्छदारले जानकारी दिए।

नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ।  

आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 05, 2023| 09:18 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्