सोमबार, जेठ २५, २०८३

चट्याङ लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु, चार गम्भीर घाइते

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०
National life
Shivam cement

अर्घाखाँची- अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्। 

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २:५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो। उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए। 

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए। 
 

प्रकाशित: Sep 04, 2023| 21:12 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्