सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख पक्राउ

जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख पक्राउ

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं- जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन्। तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो।

National life

पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला अदालत चितवनमा आज मिति थप गरी अनुसन्धान अघि बढाइएको छ।

गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो। ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो। अस्पतालमा क्लिनिककै चिकित्सकले पुर्‍याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो। नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन्।

प्रकाशित: Sep 04, 2023| 20:41 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्