आइतबार, मंसिर २८, २०८२

काठमाडौंमा भदौ २५ गतेदेखि कोरोनाविरुद्धको 'बुस्टर डोज' लगाउन सुरु गरिने 

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं - जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिइन्। 

National life

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो। उनका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ छ। यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो। 

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ। उहाँले दोस्रो बुस्टर लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन्।

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ। कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसकारी अस्पतालमा खोप लगाइनेछ।  

यसअघि नियमित रुपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो। अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ। हिजो भदौ १७ गते एक सय २८ जनामा गरिएकामा परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2023| 18:00 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्