शुक्रबार, साउन ८, २०८३

बन्द भयो 'रुटिन अफ नेपाल बन्द'

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं- ४० लाख फलोअर भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ। उक्त पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बचाउ गरेको आरोप लागेपछि फेसबुक पेज बन्द भएको बताइएको छ। मेयर शाहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए। त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो।

भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्री लाभको खबर सार्वजनिक गरेको थियो। तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन। बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तान लाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप यो पेजमाथि लागेको थियो। पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थपेको थियो।

उता बालेनले पनि विवादास्पद स्टाटस डिलिट गरेका छन्।

प्रकाशित: Sep 04, 2023| 17:49 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्