सोमबार, जेठ २५, २०८३

ज्यान मुद्दाका दोषी सांसद सिंह पक्राउ

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा मधेश प्रदेश सप्तरी क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए।

National life

सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले यसै साता जिल्ला प्रहरी कार्यालयलाई पठाउनेबित्तिकै सदस्य सिंहलाई सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ।

चार वर्ष जेल सयाज तोकिएका सिंह प्रदेश सभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिसकिएको व्यक्ति मधेश प्रदेश सभामा प्रदेश सांसदको रुपमा रहँदै आएका थिए।

स्वतन्त्र सांसदका रुपमा निर्वाचित उनी २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ। उनलाई सप्तरी लिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशले २०७१ चैत ११ गते अनिरुद्रसहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो। उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौँ ९ गतेको संयुक्त इजलाशले उनको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको  निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ। आरोपित यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट वि.स. २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाह –१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रत्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ।

Shivam cement

मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ। उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार भएका थिए। अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन। मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिएका थिए।

 

प्रकाशित: Sep 04, 2023| 17:04 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्