आइतबार, मंसिर १७, २०८०

त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा आबद्ध

यसअघि दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि ढड्डामा लेखेर माथिल्लो निकायमा कागजात पेस गरिँदै आएकामा अबदेखि कम्प्युटरमै स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन्।
 |  सोमबार, भदौ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– मुलुककै जेठो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गर्न स्वचालित विद्युतीय प्रणाली प्रयोग सुरु गरेको छ। यसअघि दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि ढड्डामा लेखेर माथिल्लो निकायमा कागजात पेस गरिँदै आएकामा अबदेखि कम्प्युटरमै स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन्।

sagarmatha cement

त्रिवि प्रशासनको सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपचारिक रुपमा सम्पूर्ण निकायमा स्वचालित प्रणाली सुरु भएको त्रिविले बताएको छ।

त्रिवि केन्द्रीय कार्यालयमा १ साउनबाटै कार्यान्वयनमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकाय आबद्ध भइसकेका र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयनमा ल्याइसकिएको त्रिविले जनाएको छ।

आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत् उद्घाटन गरे।

उपकुलपति बास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीबाट स्वीकृत गरी त्रिवि प्रशासनमा स्वचालित प्रणालीको सेवा सुरु भएको घोषणा गरे। त्रिवि समन्वय महाशाखाद्वारा आयोजित उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहीन प्रशासनको रुपमा स्तरोन्नति गर्ने आफ्नो महत्त्वपूर्ण लक्ष्य पूरा भएको दाबी गरे। 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्त्वपूर्ण प्रशासनिक उपलब्धि भएको भन्दै व्यवस्थित, सरल र समयानुकूल सेवाका माध्यमबाट त्रिविप्रतिको नकारात्मक धारणा परिवर्तन गर्नुपर्ने बेला आएको धारणा व्यक्त गरे।

प्रकाशित: Sep 04, 2023| 15:54 सोमबार, भदौ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या...
भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको...
'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो।