सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर अपरिचित पुरुषले रोजे मृत्यु

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर अपरिचित पुरुषले रोजे मृत्यु

आइतबार राती साढे २ बजे सर्जिकल भवनबाट हाम फालेका अपरिचित पुरुषको मृत्यु भएको वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रको भनाइ।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०
National life
Shivam cement

काठमाडौं– वीर अस्पतालको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ। आइतबार राती साढे २ बजे सर्जिकल भवनबाट हाम फालेका अपरिचित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए। 

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष भए पनि हालसम्म पहिचान हुन नसकेको उनको भनाइ छ। ‘मेरा बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ। म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए। माथि गएर हाम फालेपछि मृत्यु भएको हो,’ मिश्रले भने।

हाम फालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए। उनले भने, ‘उनी को हुन्, हालसम्मा जानकारी पाइएको छैन। प्रहरीलाई खबर गरेका छौं।’

प्रकाशित: Sep 04, 2023| 13:03 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्