सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मापसे गरेर चलाएको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मापसे गरेर चलाएको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

तिलिंगाटारमा गए राती ०१–०२७ च ६७४७ नम्बरको भ्यानले ठक्कर दिँदा संखुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको मृत्यु।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दाबा दोर्जे शेर्पाको मृत्यु भएको छ।

National life

महानगर–३ तिलिंगाटारमा गए राती बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा संखुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीया डोल्मा शेर्पा घाइते भएकी छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 04, 2023| 11:37 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्