सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्यालयबाट घर फर्कंदै गरेका दाजुबहिनीलाई खोलाले बगाउँदा मृत्यु

विद्यालयबाट घर फर्कंदै गरेका दाजुबहिनीलाई खोलाले बगाउँदा मृत्यु

चौरजहारी–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार स्कुलबाट घर फर्किंदा खोलाले बगाएर मृत्यु भएको हो।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं– रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको आधारभूत विद्यालय घर्तीकाँडामा अध्ययनरत दुई दाजुबहिनीको खोलाले बगाएर मृत्यु भएको छ। स्कुल पढाइ सकाएर घर फर्किने बेला खोला तर्दा बाढी आएपछि दुई दाजुबहिनी बगेका हुन्।

National life

चौरजहारी–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार स्कुलबाट घर फर्किंदा खोलाले बगाएर मृत्यु भएको हो।आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा अकस्मात बाढी आएपछि दुई दाजुबहिनीलाई बगाएको हो।

विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा बाढी आएपछि उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए। दाजुबहिनीको शव फेला परिसकेको उनको भनाइ छ। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए। 

बाढीले बगाएपछि बेपत्ता भएका बालबालिकाको शव आइतबार राती ९ बजे घटनास्थलभन्दा केही तल फेला परेको थियो।  अरु बेला पानी नहुने खहरे खोलामा अकस्मात बाढी आएका बेला पार गर्न खोज्दा दाजुबहिनीलाई बगाएको बताइएको छ। 

विद्यालयबाट घर फर्किंदै गरेका छोराछोरीलाई बाढीले बगाएर मृत्यु भएपछि बुढाथोकी परिवार शोकमा डुबेको छ।

Shivam cement

प्रकाशित: Sep 04, 2023| 11:02 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्