सोमबार, असार २३, २०८२

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

vianetvianet

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 त्यस्तै मंगलबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित: Sep 04, 2023| 07:56 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्