मंगलबार, जेठ २६, २०८३

उदयपुरमा ४ दिनदेखि बेपत्ता किशोर अझै फेला परेनन्

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

उदयपुर- गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्। जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए।

National life

जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन्। बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ।

बेपत्ता चौधरीको शुक्रबारदेखि निरन्तर खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए।

बेपत्ता किशोरको खोजीको लागि सशस्त्र प्रहरी बल सुनसरीको गोताखोर टिमसमेत समावेश भएको छ। बेपत्ता चौधरी चौदण्डी गढी आम्वासीको देवनारायण माविमा कक्षा ९ मा अध्ययनरत थिए।
 

प्रकाशित: Sep 03, 2023| 19:15 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्