मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपालको भुमी आफनो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

नेपालको भुमी आफनो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

काठमाडौं- चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भुमी चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भईरहेको छ। उक्त नक्सामा नेपालको हुम्ला, रसुवा र सिंधुपल्चोक जिल्लाको कतिपय क्षेत्रलाई चिनियाँ क्षेत्रमा देखाईएपछि विरोध भएको हो।

National life

यता, नेपालकै कतिपय क्षेत्रसमेत चीनले आफनो नक्सामा समावेश गरेको भन्दै विरोध सुरु भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले हुम्लाको भागदारे नदी क्षेत्रमा ६ हेक्टर र कर्णाली नदीको चार हेक्टर जमिन चीनले आफ्नो नक्सामा देखाएको आरोप लगाए।

उनका अनुसार रसुवाको सान्जेन नदी, भुरजंग नदी र जम्बुखोलाको ६ हेक्टर जमिन तिब्बतको केरुङ क्षेत्रमा पारिएको छ भने सिन्धुपाल्चोकको खराने खोला र भोटेकोशी क्षेत्रको ११ हेक्टर जमिन तिब्बतको न्यालाम क्षेत्रमा पारिएको छ।

गोरखाको रुई र तेघागाउँ तिब्बततिर पारिएको भन्दै उनले चीनको नयाँ नक्साको विरोध गरेका छन्। संखुवासभाको पनि ९ हेक्टर भूमि चीनको भूभागमा परेको भन्दै कामुखोला, अरुण खोला र सुम्जंग खोला पनि अहिले चीनको तिङगिस्यन काउन्टीमा परेको उनले वताए। 

यसरी चीनले देखादेखी नेपालको भुमिलाई आफनो भुमि भन्दै नक्सा जारी गर्दा पनि सरकार र राजनीतिक दलका नेताहरु चुपचाप वसेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

Shivam cement

प्रकाशित: Sep 03, 2023| 19:31 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्