मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालेनकी श्रीमतीको बचाउमा काठमाडौं महानगरको विज्ञप्ति, ट्राफिकमाथि गम्भीर आरोप

बालेनकी श्रीमतीको बचाउमा काठमाडौं महानगरको विज्ञप्ति, ट्राफिकमाथि गम्भीर आरोप

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सुविधाका लागि उपलब्ध गराइएको गाडी शनिबार श्रीमतीले प्रयोग गरेपछि उनले सिंहदरबारमा नै आगो लगाउने चेतावनी दिए। उक्त चेतावनीपछि मेयर शाह र उनकी श्रीमतीको चर्को विरोध भएपछि काठमाडौं महानगरपालिकाले विज्ञप्ति जारी गर्दै मेयरपत्‍नीको बचाउ गरेको छ। 

National life

महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा मेयर शाहपत्‍नी सबिना काफ्ले सवार सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीले धम्की दिएको आरोप लगाएको छ। विज्ञप्तिमार्फत महानगरपालिकाले
शनिबार बेलका ७ बजे सविना सरकारी गाडीमै चढेर मेडिसिटी अस्पतालको एनआईसीयुमा रहेकी नवजात छोरीलाई स्तनपान गराएर फर्किँदा कोटेश्वर चोकमा रोकेर धम्की दिएको दाबी गरेको छ। 

सुत्केरी काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा सरकारी गाडी चढेको पनि विज्ञप्तिमा जिकिर गरिएको छ। 

कोटेश्वरमा गाडी रोकेपछि सवारी चालकले परिचयपत्र देखाउनुका साथै सार्वजनिक बिदाका दिन प्रयोग गर्न पाइने परमिट पनि रहेको उल्लेख गर्दै भनिएको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।'

शाहले ट्राफिक प्रहरीले सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ‘ढोका खोल’, के हो? कहाँ हो? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको विज्ञप्तिमा जिकिर गरिएको छ। 

Shivam cement

'प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,' विज्ञप्तिमा भनिएको छ, 'प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो।'

शाहले ट्राफिक प्रहरीको आचरणमा पनि प्रश्न उठाएका छन्। 'पटक पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ। तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन,' उनले अगाडि भनेका छन्, 'यसर्थ, गलत आचरण भएका केही प्रहरीमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौँ।'

प्रकाशित: Sep 03, 2023| 18:11 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्