मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०
National life
Shivam cement

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। 

निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाखमा खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए।
 

प्रकाशित: Sep 03, 2023| 21:02 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्