बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। कारागारको ट्रसमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान ३ बजेतिर कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
२०७१ मा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। अदालतको फैसलाअनुसार उनी कर्तव्य ज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए।