शुक्रबार, साउन ८, २०८३

३० वर्ष झ्यालखानामा बस्नुपर्ने कैदी हामफालेर फरार

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। कारागारको ट्रसमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान ३ बजेतिर कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

२०७१ मा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए। अदालतको फैसलाअनुसार उनी कर्तव्य ज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए।

प्रकाशित: Sep 03, 2023| 14:52 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्