जिम्बाब्वेको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हीथ स्ट्रीकको निधन भएको छ।
जिम्बाब्वेका लागि टेस्ट र वनडेमा सबैभन्दा बढी विकेट लिएका हीथको ४९ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनी २००० देखि २००४ सम्म जिम्बाब्वेका कप्तान थिए।
हीथले सन् १९९३ देखि २००५ सम्ममा ६५ टेस्ट र १८९ वनडे म्याच खेलेर २१६ र २३९ विकेट लिएका थिए। यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन। अनुय थुप्रै रेकर्ड हीथको नाममा छन्।
खेलाडीबाट सन्न्यास लिएपछि उनले थुप्रै अन्तराष्ट्रिय टिमलाई प्रशिक्षित गरिसकेका छन्।