मंगलबार, जेठ २६, २०८३

सुस्त मनस्थितिकी बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

चितवनको माडी नगरपालिकाका एक शिक्षकलाई सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

National life

१५ वर्षकी छिमेकी बालिकालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षका शिक्षक हरिबहादुर सार्की हरिजनलाई प्रहरीले पक्राउ गरेको हो।

बालिका आफ्नो घरमा खेल्न आएको मौका छोपी शिक्षक हरिजनले उनीमाथि बलात्कार गरेको खुलेको छ। हिजो शनिबार बालिकाकी आमा मेला गएको समयमा हरिजनले फकाएर अनैतिक काम गरेको बताइएको छ।

आरोपी हरिजनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो। बालिकाकी आमाले जबरजस्ती करणीअन्तर्गत जाहेरी दर्ता गरेकी छन्।

स्थानीयका अनुसार हरिजनले श्रीमतीलाई रक्सी पिएर कुटपिट गरिरहन्थे। हिजो पनि श्रीमतीलाई कुटेपछि उनी माइती गएको मौका छोपी बालिकामाथि बलात्कार गरेको बताइएको छ। उनी माडी-९ को विद्यालयमा पढाउँदै आएका छन्।

Shivam cement

प्रकाशित: Sep 03, 2023| 12:35 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्