सोमबार, असार २३, २०८२

सुस्त मनस्थितिकी बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

 |  आइतबार, भदौ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

vianetvianet

चितवनको माडी नगरपालिकाका एक शिक्षकलाई सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

१५ वर्षकी छिमेकी बालिकालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षका शिक्षक हरिबहादुर सार्की हरिजनलाई प्रहरीले पक्राउ गरेको हो।

बालिका आफ्नो घरमा खेल्न आएको मौका छोपी शिक्षक हरिजनले उनीमाथि बलात्कार गरेको खुलेको छ। हिजो शनिबार बालिकाकी आमा मेला गएको समयमा हरिजनले फकाएर अनैतिक काम गरेको बताइएको छ।

आरोपी हरिजनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो। बालिकाकी आमाले जबरजस्ती करणीअन्तर्गत जाहेरी दर्ता गरेकी छन्।

स्थानीयका अनुसार हरिजनले श्रीमतीलाई रक्सी पिएर कुटपिट गरिरहन्थे। हिजो पनि श्रीमतीलाई कुटेपछि उनी माइती गएको मौका छोपी बालिकामाथि बलात्कार गरेको बताइएको छ। उनी माडी-९ को विद्यालयमा पढाउँदै आएका छन्।

प्रकाशित: Sep 03, 2023| 12:35 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।