मंगलबार, जेठ २६, २०८३

ललिता निवास मुद्दामा आजदेखि थुनछेक बहस

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०
National life
Shivam cement

ललिता निवास जग्गा प्रकरणमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भइरहेको छ।

यो प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे पक्राउ परेका छन् ।

उनीहरूका विषयमा अब क्रमैसँग थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने विषयमा आदेश हुनेछ।

प्रकाशित: Sep 03, 2023| 12:14 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्