काठमाडौं- पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन्। बस पल्टेर स्कुटर र जिपमाथि परेको थियो।
घाइते भएकामध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर पुर्याइएको छ भने सामान्य घाइते भएकालाई भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।