मंगलबार, जेठ २६, २०८३

जिप दुर्घटनामा दुईको मृत्यु

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०
National life
Shivam cement

दोलखाबाट काठमाडौं जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 
 
सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ। 
 

प्रकाशित: Sep 03, 2023| 08:38 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्