मंगलबार, जेठ २६, २०८३

चार प्रदेशमा भारी वर्षाको सम्भावना

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

भारी वर्षावाहेक आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भूभागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज भारी वर्षाका कारण बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Shivam cement

प्रकाशित: Sep 03, 2023| 07:37 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्