सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सरकारलाई 'चोर' को संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी 

सरकारलाई 'चोर' को संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी 

 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई 'चोर' को संज्ञा दिँदै सिंहदरबारमा नै आगो लगाउने चेतावनी दिएका छन्। 

मेयर शाहले काठमाडौं महानगरपालिकाको गाडी रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । 

उनले लेखेका छन्, 'आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।' 

महानगरपालिकाको मेयरले सरकारलाई चोरको संज्ञा दिनु गम्भीर विषय भए पनि उनले सामाजिक सञ्‍जाल फेसबुकबाट सिंहदरबारमा नै आगो लगाउने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्। 

प्रकाशित: Sep 02, 2023| 21:31 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।