शुक्रबार, वैशाख २६, २०८२

सार्वजनिक बिदाका दिन विद्यालय खुलाए कारबाही गर्ने महानगरको चेतावनी

गाईजात्रा अवसरमा महानगरले नगर क्षेत्रमा सार्वजनिक बिदा दिए पनि कतिपय निजी विद्यालयले पढाइ सञ्चालन गरेको पाइएपछि नियम उल्लंघन गर्ने शिक्षण संस्थालाई कारबाही गर्ने चेतावनी।
 |  शनिबार, भदौ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

vianetvianet

काठमाडौं– काठमाडौं महानगरले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न निजी विद्यालयका सञ्चालकलाई सचेत गराएको छ। 

triton college

शुक्रबार गाईजात्रा अवसरमा महानगरले नगर क्षेत्रमा सार्वजनिक बिदा दिए पनि कतिपय निजी विद्यालयले पढाइ सञ्चालन गरेको पाइएपछि नियम उल्लंघन गर्ने शिक्षण संस्थालाई कारबाही गर्ने चेतावनी दिइएको हो। 

महानगरले सार्वजनिक बिदाको दिनमा पनि कतिपय निजी विद्यालय सञ्चालन भएको पाइएको बताएको छ। अबदेखि सार्वजनिक बिदाका दिन खुलेका विद्यालयलाई कारबाही गरिने चेतावनी महानगरले दिएको छ। 

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै स्थानीय सरकारले गरेको निर्णय अनिवार्य पालना गर्न सबैमा आग्रह गरेका छन्। महानगरको निर्णय विपरीत काम गरे प्रचलित कानुनबमोजिम कारबाही हुने विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Sep 02, 2023| 13:30 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्