मंगलबार, जेठ २६, २०८३

दाङस्थित गणपति तेल मिलमा आगलागी

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा गएराति आगलागी भएको छ। राति राढे २ बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए।

National life

तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए।

आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा बिहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो।

Shivam cement

प्रकाशित: Sep 02, 2023| 09:55 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्