शनिबार, वैशाख ६, २०८२

चीनले बनाउँदैछ अहिलेकोभन्दा शक्तिशाली सूर्य

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
शक्तिशाली राष्ट्रका रुपमा दर्ज हुँदै गरेको छिमेकी राष्ट्र चीनले वैकल्पिक उर्जाको विकासलाई तीव्रता दिइरहेको छ । जसले बनाउन लागेको कृत्रिम सूर्य सौर्यमण्डलको सूर्यको भन्दा ६ गुणबढी तापक्रम हुनेछ ।

जहाँ सूर्यको चुरो १.५० करोड डिग्री सेल्सियस सम्म तातो हुन्छ भने यो सूर्यमा १० करोड डिग्री सेल्सियससम्म तातो उत्पन्न गर्ने क्षमता छ । चीनको एकेडेमी अफ साइन्ससँग जोडिएको इन्स्टिट्यूट अफ प्लाजामा फिजिक्सका अनुसार कृत्रिम सूर्यको जाँच जारी छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स सुपरकन्द्धक्टिङ टोकामक   (ईस्ट)नाम दिइएको छ। मंगल ग्रहमा भएका समस्त ताराहरुले जस्तै यो सूर्यले उर्जाको भण्डार उपलब्ध गराउँछ । 

ईस्टलाई एक मेसिन सरह तयार गरिएको छ । यसकोबीचमा खोक्लो गाोलो बक्स जस्तै छ । यसलाई न्यूक्लियर फ्युजनको मद्दतबाट तातो बनाइन्छ । ईस्ट एकदिन चलाउनको लागि मात्र १५ हजार डलर लाग्छ । अहिले यो मेसिनलाई चीनको साइन्स द्विपमा राखिएको छ । 

ईस्टलाई पुथ्वीको लागि उर्जा स्रोतको विकल्पमा प्रयोग होस भनी तयार पारिएको हो । भविष्यमा ईस्ट एक स्वच्छ उर्जा प्रदान गर्ने महत्वपुर्ण स्रोतको रुपमा विकास हुनेछ । विश्वमा अहिले न्यूक्लियर फ्युजनको मद्दतबाट उर्जा उत्पन्न भएको छ । यसबाट प्रकाशन भएको न्यूक्लियर फोहोर मानवको लागि धेरै खतराजनक छ । 

यसैगरी यो भन्दा पहिले कुत्रिम चन्द्रमा बनाउने तयारीमा लागेका चीन अहिले कृत्रिम सूर्य बनाउने तयारीमा लागेको छ । २०२२ सम्ममा कुत्रिम चन्द्रमाको थालनी हुनेछ। कुत्रिम चन्द्रमाले वैज्ञानिक रातलाई उज्याले पार्ने काम गर्नेछ । यसको लागि ठूलो उपग्रहको प्रयोग गरिनेछ जसले उर्जा पनि बचाउने काम गर्छ । एजेन्सीको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...