मंगलबार, जेठ २६, २०८३

सहकारीको ऋण समयमै चुक्ता गर्न नगरपालिकाको आह्वान

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं- दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी सेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ।

National life

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेका हुन्। सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको नगरपालिकाले जनाएको छ। 

सदस्यले बचत गरेको रकमबाट नै अरु सदस्यलाई कर्जा प्रवाह गरिने हुँदा ऋणी सदस्यले आफूले लिएको साँवा, ब्याज समयमै नबुझाउँदा सहकारी संस्थामा स्वाभाविकरूपमा समस्या आएको सूचनामा उल्लेख गरिएको छ। 

केही व्यक्तिबाट सहकारीको ऋण नतिरे पनि हुन्छ भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएको सुनिएकाले पनि नगरपालिकाले सार्वजनिकरूपमा आह्वान गरेको जनाइएको छ। ऋण नतिर्ने कुरालाई ऋणीहरूलाई नै प्रत्युत्पादक हुन आउने सूचनामा उल्लेख गरिएको छ। ऋण लिएपछि तिर्नुपर्दैन भन्ने कुरा नेपालको प्रचलित ऐन कानूनविपरीत भएकोतर्फ पनि नगरपालिकाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।

नगरपालिका सहकारी ऐन, २०७५ को दफा ५८ मा ऋण असुल गर्ने सम्बन्धी व्यवस्था छ। दफा ६१ मा कसैले संस्थालाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याजसमेत दर्ता गर्ने अधिकारीले ऋणीको जायजेथाबाट असुल उपर गरिदिन सक्ने व्यवस्था ऐनमा भएको पनि प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गरेको सूचनामा उल्लेख छ।

Shivam cement

ऐनको दफा ६२ मा दर्ता गर्ने अधिकारीले दफा ५८ र ६१ को प्रयोजनको लागि कुनै व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने गरी व्यवस्था गरेको छ। 

ऋणीले सहकारी संस्थामा जेजस्तो सम्झौता, शर्त वा कबुलियत गरी ऋण लिएको हो सोहीबमोजिम समयमै आफूले लिएको ऋणको साँवा, ब्याज रकम दाखिला गरी सहकारीमा देखिएको समस्या समाधानका लागि सहयोग गर्न नगर क्षेत्रका सबै सहकारीका ऋणीलाई नगरपालिकाले आह्वान गरेको छ।

प्रकाशित: Sep 01, 2023| 19:10 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्