आइतबार, वैशाख २७, २०८३

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी संगठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ।

National life

नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन्। कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए।

‘घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ’, उनले भने, ‘उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन्।’ उनले १२-१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताए।

विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ। 

अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबन्दी गरेको थियो। उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो।

आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरूको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ।

प्रकाशित: Sep 01, 2023| 20:21 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्