मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लोकप्रिय छन्द कविता वाचिका सरु गुरागाईंलाई क्यान्सर, सहयोगका लागि पतिको अपिल

लोकप्रिय छन्द कविता वाचिका सरु गुरागाईंलाई क्यान्सर, सहयोगका लागि पतिको अपिल

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं- छन्द कविता निकै मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगबाट पीडित भएकी छन्। उनलाई घाँटीको क्यान्सर भएको हो।

National life

परिवारसहित अमेरिकाको ओहायोमा बस्दै आइरहेकी गुरागाईं अहिले त्यहाँको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन्। सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्। उनले गो फन्ड मी मार्फत रकम सहयोग गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘मेरी जीवनसंगीनी, दुई बच्चा (७ वर्ष र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईं विगत एक वर्षदेखि हाडजोर्नीसम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन्। यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ। शीघ्रातिशीघ्र पूर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपिल गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्युब र टिकटकमा धारावाहिक प्रशारण गरेपछि उनलाई धेरैले चिनेका हुन्। एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ।

प्रकाशित: Sep 01, 2023| 14:42 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्