मंगलबार, जेठ २६, २०८३

गोसाइँकुण्ड दर्शनमा गएका किशोर बेपत्ता

गोसाइँकुण्डबाट फर्किने क्रममा बाटो बिराउँदा प्रदेश तामाङ बेपत्ता भएको हुन्। 
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– रसुवामा गोसाइँकुण्ड दर्शन गरेर फर्किने बेला काठमाडौंका एक किशोर बेपत्ता भएका छन्। काठमाडौं महानगर–३ का १७ वर्षीय प्रदेश तामाङ गोसाइँकुण्ड दर्शन गरेर फर्किने क्रममा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको हो।

National life

गोसाइँकुण्डबाट फर्किने क्रममा बाटो बिराउँदा बेपत्ता भएका हुन्। गोसाइँकुण्डबाट झन्डै ११ किमि पूर्वबाट उनी हराएको प्रहरीले जनाएको छ।

उनको खोजीमा आज बिहानबाटै सुरक्षाकर्मी परिचालन भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जना प्रहरी किशोरको खोजीमा निस्किएका छन्।

सशस्त्र प्रहरी वल धुन्चेबाट सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ७ जना र नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जनाको टोली किशोर खोजीमा खटिएको प्रहरीले बताएको छ।

प्रकाशित: Sep 01, 2023| 12:03 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्