शनिबार, साउन ९, २०८३

पर्वतमा एक वर्षमै मरे ९ वटा चितुवा

मोदी गाउँपालिका–७ राम्जादेउरालीको धानखेतमा मृत चितुवा फेला परेको हो।
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

पर्वत– पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा ९ वटा चितुवा मरेको विवरण डिभिजन वन कार्यालय पर्वतले सार्वजनिक गरेको छ। यीमध्ये दुई वटाको जीवितै उद्धार गरिएको थियो।
आज पनि मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कुलमन्दिर नजिकै धानखेतमा मृत चितुवा फेला परेको हो।

स्थानीयले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा गाडेको छ।

डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ। चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन।

प्रकाशित: Sep 01, 2023| 11:04 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्