मंगलबार, जेठ २६, २०८३

शनिबार दिनभर उपत्यकाका यी स्थानमा हुनेछैन बिजुली

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं- भोलि शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ।

National life

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने कार्यका लागि शनिबार विद्युत सेवा अवरुद्ध हुन लागेको हो। पछिल्लो समय शनिबारको दिन केही घण्टाका लागि विद्युत आपूर्ति बन्द गरेर टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ।

यसका लागि भोलि टेकु तथा के३ सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेशनहरुबाट हुँदै आएको विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकारणका अनुसार शनिबार रत्नपार्क, कुलेश्वर,पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट विद्युत आपूर्ति प्रभावित हुनेछ।

शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म विद्युत सेवा प्रभावित हुने जनाइएको छ। प्राधिकरणले सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति गर्न प्रयास गर्नेसमेत जनाएको छ।

प्रकाशित: Sep 01, 2023| 09:36 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्