मंगलबार, जेठ २६, २०८३

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०
National life
Shivam cement

गोरखा- पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो। 

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनले बताए। अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ।

गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन्।
 

प्रकाशित: Sep 01, 2023| 08:37 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्