मंगलबार, जेठ २६, २०८३

ग्यास, पेट्रोल र डिजेलको भाउ बढ्यो

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले भाउ बढाएको हो। ग्यास प्रतिसिलिण्डर २३५ रुपैयाँ बढेको छ।

National life

यसैगरी पेट्रोल प्रतिलिटर ४, डिजेल र मटीतेल ३-३ रुपैयाँ बढेको छ।

नयाँ मूल्यअनुसार ग्यास १ हजार ८९५ पुगेको छ । यसअघि १ हजार ६६० रुपैयाँ थियो । यसैगरी पेट्रोल प्रतिलिटर १८२ र डिजेल/मटीतेल १७० रुपैयाँ पुगेको छ ।

बढेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित: Aug 31, 2023| 20:47 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्