मंगलबार, जेठ २६, २०८३

बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिँदै

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

काठमाडौं- बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिने भएको छ।

National life

जिल्ला समन्वय समिति काठमाडौंले यही भदौ १६ गते शनिबार र्‍याफ्टिङ आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। कार्यक्रमले बागमती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए।

काठमाडौं जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, बागमती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौं महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौंले र्‍याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ र बागमती प्रदेश र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले प्राविधिक सहयोग गरेका छन्। 

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले बागमतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

Shivam cement

प्रकाशित: Aug 31, 2023| 19:44 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्