मंगलबार, असार २४, २०८२

तीन जनाको डुबेर मृत्यु

 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

पाल्पा, पुर्वखोला गाउँपालिका-२ घर भई बगनासकाली गाउँपालिका-१ चिलाङ्दी डेरा गरी बस्ने अनन्त शारूकी छोरी १ वर्षीया अंशिका शारूको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरी, सोन्मा गाउँपालिका-२ स्कुल टोल बस्ने समीर नदाफको छोरा ७ वर्षीय सुफीयान नदाफको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ। डुबेर हशक्त भएका उनको उपचारको लागि जानकी एकेडेमी रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

सिरहा, मिर्चैया नगरपालिका-५ शान्ती टोलस्थित मामा घर आएका सोही नगरपालिका-१० मथलेश्वर बस्ने पुरन मण्डलको छोरा १८ महिनाको ऋषि मण्डलको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको मंगलम अस्पताल मिर्चैया हुँदै फुलकुमारी महतो अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको हो।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 31, 2023| 18:06 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्