मंगलबार, असार २४, २०८२

फरक-फरक स्थानमा ६ जना मृत फेला

 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ८१ वर्षीया लक्ष्मी साह आफ्नै टहरामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी काठमाडौं महानगरपालिका-२४ सानो पशुपती मन्दिर नजिक बस्ने २३ वर्षीय प्रवल श्रेष्ठ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सिरहा, कर्जन्हा नगरपलिका-२ स्थित कमला नदीमा मिर्चैया नगरपालिका-४ बस्ने १८ वर्षीय राजेश कामती बिहीबार मृत अवस्थामा फेला परेका छन्।

प्युठान, प्युठान नगरपालिका-३ जुम्रीस्थित सापडाँडा जाने बाटोमा मल्लरानी गाउँपालिका-३ बुकेनी बस्ने ५० वर्षीय लिला बहादुर पुन बिहीबार मृत अवस्थामा फेला परेका छन्।

धनुषा, कमला नगरपालिका-६ नुनथुला टोलस्थित कमला खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुली, गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित सुनकोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 31, 2023| 18:05 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्