मंगलबार, असार २४, २०८२

करेन्ट लागेर चार जनाको मृत्यु

 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

चितवन, रत्ननगर नगरपालिका-१५ माधवपुर अन्नपूर्णटोलस्थित निर्माणाधिन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-१५ बस्ने १८ वर्षीय ओम बहादुर गुरूङको बुधबार दिउँसो मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको बकुलहर अस्पताल टांडी हुँदै पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

कैलाली, गोदावरी नगरपालिका-५ गेटी बस्ने २७ वर्षीय सुरेश चौधरीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ललितपुर, ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित निर्माणाधिन घरको इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने कैलाली टिकापुर नगरपालिका-२ घर भएका २७ वर्षीय धिरज शाहको बुधबार दिउँसो मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू सिटी अस्पताल पुल्चोकमा उपचारको क्रममा मृत्यु भएको हो।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ। सोही नगरपालिका-१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा पानी तान्ने चापाकलमा जडान भएको मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 31, 2023| 18:03 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्