मोरङ, केरावारी गाउँपालिका-१० स्थित सडकमा को.२४ प ६२७५ नम्बरको मोटरसाइकल र प्र.१-०२-०४८ प ३२३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा प्र.१-०२-०४८ प ३२३२ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-१० बस्ने ४० वर्षीय भिम देवानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका को.२४ प ६२७५ नम्बरको चालकको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।
ललितपुर, गोदावरी नगरपालिका-३ गोदावरीस्थित सडकमा बा.६५ प ५०११ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका-३ टौखेल बस्ने जाजरकोट घर भएका २४ वर्षीय प्रेम बहादुर शाहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
झापा, शिवसताक्षी नगरपालिका-१० कनकाई पुलस्थित सडकमा मे.३ प ५४६३ नम्बरको मोटरसाइकल को.३१ प ९५२९ नम्बरको मोटरसाइकलमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मे.३ प ५४६३ नम्बरको मोटरसाइकलमा सवार बाह्रदर्शी गाउँपालिका-५ बस्ने १८ वर्षीया जेसिका सिक्देलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको रहेको छ।
यसैगरी झापा, विर्तामोड नगरपालिका-३ स्थित सडकमा मे.५ प ५५६८ नम्बरको मोटरसाइकल र प्र.१-०१-०१३ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मे.५ प ५५६८ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका-५ बस्ने २६ वर्षीय सागर घिमिरेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका प्र.१-०१-०१३ प ५१४० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी झापा, बाह्रदर्शी गाउँपालिका-५ स्थित सडकमा मे.८ प ३५६९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय सनम हेमरनको बिहीबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीलाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल पठाइएको छ।
सप्तरी, शम्भुनाथ नगरपालिका-३ स्थित सडकमा बा.१५ च ९००३ नम्बरको कारले स.६ प २१८६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक डाकनेश्वरी नगरपालिका-८ बस्ने ४६ वर्षीय पुरनधर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिक अस्पताल रूपनी सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।