शनिबार, साउन ९, २०८३

एटिएम तोडफोड गर्ने मार्तलसहित समातिए

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

भक्तपुर नगरपालिका-१० कमलबिनायक भत्केको पाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय पूर्ण बहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 31, 2023| 17:56 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्