भक्तपुर नगरपालिका-१० कमलबिनायक भत्केको पाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय पूर्ण बहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।