मंगलबार, जेठ २६, २०८३

कावासोतीमा ८६ लाख लागतमा सिँचाइका लागि डिप ट्यूबवेल निर्माण

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोतीमा सिँचाइका लागि डिप ट्यूबवेल निर्माण गरिएको छ। कावासोती-३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्यूबवेलका कारण स्थानीय एक सय ८१ घरधुरीका एक हजार जनसंख्या लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

National life

संघीय सरकारको सिँचाइ विशेष कार्यक्रम अन्तर्गत भैरहवास्थित लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन कार्यालयले डिप ट्यूबवेल निर्माण गरिदिएको पुरानो कावासोती डिप ट्युबेल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए।

कुल लागत ८६ लाख ५८ हजार दुई सय रूपैयाँमध्ये उपभोक्ता समूहले तीन लाख ७१ हजार एक सय ९३ रूपैयाँ लागत सहभागिता जनाएको श्रेष्ठको भनाइ छ। वर्षौँदेखि सिँचाइको अभावले कृषि पेसानै संकटमा परेको बेला डिप ट्यूवबेल निर्माणपछि आफूहरु हर्षित भएको श्रेष्ठले बताए।

सिँचाइका लागि निर्माण गरिएको डिप ट्यूबवेलमा सी आकारमा एक हजार मिटर भूमिगत पाइप बिछ्याइएको जियोलोजिष्ट इन्जिनियर कपिल महर्जनले बताए। उनका अनुसार भूमिगत पाइपमध्ये एक दर्जन आउटलेट, दुईवटा एअर पाइप तथा क्षेत्र विस्तारका लागि तीनवटा टी फिटिङ गरिएको छ।

डिप ट्यूवबेलको प्रतिसेकेन्ड २५ लिटर पानी फाल्ने क्षमता रहेको भन्दै महर्जनले ट्यूबवेलबाट निकालिएको भूमिगत जल १८ फिटमाथि ओभरहेड ट्यांकीमा पठाइ त्यहाँबाट सिधा वितरणको व्यवस्था मिलाइएको बताए।

Shivam cement

डिप ट्युबेलले यहाँको ४० बिघा जमिन सजिलै सिञ्चित गर्नसक्ने उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ। विसं २०७७ पुस १७ देखि काम सुरु गरेको उपभोक्ता समितिले तीन वर्ष सात महिना २२ दिनमा डिप ट्यूबवेल निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो।

डिप ट्यूबवेललाई कृषि सहकारीमार्फत सञ्चालन गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। कावासोती-३ पुरानो बजारका सयौँ घरधुरी र आश्रित परिवार सिँचाइ सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।

प्रकाशित: Aug 31, 2023| 22:49 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्